यस शाखाबाट निम्न कार्यहरु हुन्छन्

  • विभागमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत फाइल तयार गरी राख्ने
  • जनसम्पर्क, जिन्सी, दर्ता चलानी, र कम्प्यूटर एवं टाइप सम्वन्धी फाँटहरुबाट आवश्यक कार्य सम्पादन गर्ने गराउने
  • योजना एवं ऐन सम्वन्धी काम गर्ने गराउने
  • नेपालका विभिन्न जिल्ला एवं स्थानमा रहेका कारागार कार्यालयहरुको कर्मचारीको दरवन्दी समेतको अभिलेख राख्ने
  • शाखा अन्तर्गतका कर्मचारी र विभाग अन्तर्गतका कार्यालयका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन सम्वन्धी अभिलेख राख्ने र मूल्यांकन गर्ने गराउने तथा कानून बमोजिम सम्वन्धित निकायमा पठाउने
  • विभाग र विभाग अन्तर्गतका कार्यालयबाट भए गरेका काम कारवाहीका विषयमा परेका उजुरी एवं गुनासा सम्बन्धी काम गर्ने गराउने र अभिलेख राख्ने
  • विभागको पालो पहराको व्यवस्था मिलाउने, सरसफाई सम्वन्धी कार्यको निरिक्षण गर्ने र सो सम्वन्धी काम गर्ने गराउने
  • कर्मचारीको शाखा तथा फाँट र जिम्मेवारी तोक्नका निम्ति कारवाही उठाउने