Government of Nepal

Ministry of Home Affairs

Kalikasthan,Kathmandu

Department of Prison Management

  • कारागार कार्यालय, नौवस्ता, बाँके उद्घाटन 2081-01-20

  • कारागार कार्यालय, नौवस्ता, बाँके उद्घाटन 2081-01-20

  • काराागार नियमावली सम्बन्धी छलफल

  • काराागार नियमावली सम्बन्धी छलफल

  • काराागार नियमावली सम्बन्धी छलफल

  • Home minister's visit

महानिर्देशक (9851140007)

Mr. Jayanarayan Acharya

Director General, (9851140007)

निर्देशक (प्रवक्ता), 9855047777

Mr. Kamal Prasad Pandey

Director (Spokesperson)ऽ 9855047777

सूचना अधिकारी (9851208129)

Mr.Ram Bahadur Sarki

Information Officer (9851208129)

नेपालमा कारागार (जेल) को इतिहास वि.स 1971 बाट शुरु भएको हो । नेपालको पहिलो कारागार "सदरजेल" (हालको कारागार कार्यालय काठमाण्डौ - जगन्नाथदेवल) हो । 2019 सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन 2019 निर्माण भै उक्त ऐनको दफा 27 ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली 2020 तर्जुमा भै लागू भयो ।  कारागार ऐन 2019 खारेज भई हाल कारागार ऐन 2079 लागू भएको  छ भने कारागार नियमावली 2020 को पन्ध्रौं संशोधन समेत लागू भई सकेको छ। कारागार  व्यवस्थापन तथा प्रशासन सम्बन्धी कार्यलाई प्रभावकारी एवं सवल बनाउन 2050 साल श्रावण 1 गतेदेखि गृह मन्त्रालय अन्तर्गत केन्द्रिय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भै सञ्चालनमा आएको हो । नेपालको 77 जिल्लाहरुमध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी 5 जिल्ला बाहेकका 72 जिल्लामा  75 कारागार कार्यालयहरु रहेका छन् ।  बाँकेको नेपालगञ्ज र नौवस्ता गरी दुई ठाउँमा, दाङ जिल्लामा घोराही र तुल्सीपुर गरी दुई ठाउँमा तथा काठमाण्डौं जिल्लामा जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) मा गरी दुई ठाउँमा रहेको छ । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था रहेको छ । कारागारमा कैद भुक्तान गरी रहेका कैदीबन्दीहरुको उपचारका लागि काठमाडौं जिल्लामा केन्द्रीय कारागार अस्पताल र ललितपुर जिल्लामा मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल  संचालनमा रहेका छन् । बाकेँको गनापुरमा खुल्ला कारागारको निर्माण कार्य भइरहेको  छ । कारागार व्यवस्थापन विभागले कारागार कार्यालयको तथा कैदीबन्दी व्यवस्थापनको नीतिगत तथा प्रशासकीय व्यवस्थापनमा सहयोग पुर्‍याउदै आएको छ।

Read more