Functions of the Department

कारागार व्यवस्थापन सन्बन्धी काम गर्ने केन्द्रीय निकायको रूपमा कारागार व्यवस्थापन विभागको स्थापना भएको    हो । गृह मन्त्रालय अन्तर्गत रहेको कारागार व्यवस्थापन विभागले गर्ने कार्यहरू निम्न अनुसार रहेका छन् –
  • विभाग र मातहतका कारागार कार्यालयहरूको निम्ति आवश्यक पर्ने बार्षिक बजेटको प्रस्ताव तयार गरी कारवाहीको निम्ति सम्बन्धित निकायमा पठाउने र नेपाल सरकारले विनियोजन गरेको बजेट रकम अनुसार खर्चको निकासा दिने, लेखा परीक्षण गराउने र बेरुजु फछ्यौट गराउने
  • कारागार व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्थाहरूको अधीनमा रही कारागार शाखाहरूको कार्यको आवश्यकता एवं साधन स्रोत अनुरूप निरीक्षण र सुपरीवेक्षण गर्ने
  • कारागार कार्यालय  हरूबाट प्राप्त मासिक प्रतिवेदनको आधारमा बन्दीहरूको अभिलेख   तयार गर्ने
  • विभाग र विभाग अन्तर्गतका कारागार कार्यालयहरूमा कार्यरत राजपत्र अनंकित तहका कर्मचारीहरूलाई आवश्यकता अनुसार विभाग वा कारागार कार्यालयहरूमा सरुवा गर्ने
  • विभाग र कारागार कार्यालयहरूको निजामती कर्मचारीको दरबन्दी र ती दरबन्दीमा कार्यरत कर्मचारीको अभिलेख राख्ने
  • राष्ट्रिय पर्वहरूमा बन्दीको कैद सजायको माफी मिन्हाको दिनको निम्ति कारागार कार्यालयहरू (शाखाहरू) बाट निर्धारित प्रक्रिया अनुसार प्राप्त सिफारिसहरूको छानबीन गरी सिफारिस सहित मन्त्रालयमा पठाउने
  • बन्दीमा आश्रित बालबालिकाहरू, बिज्याइँ गरी कैद वा थुनामा परेका बालबालिकाहरू र कैद मुक्त बन्दीहरूको सुधार, संरक्षण र हेरचाह एवं पुनस्र्थापनाको कार्यमा संलग्न संस्थाहरूको जिल्लाबाट प्राप्त प्रतिवेदनको आधारमा अभिलेख राख्ने र त्यस्ता संस्थाहरूको आवधिक रूपले अवलोकन भ्रमण गर्ने तथा ती संस्थाहरूको संरक्षणमा रहेका आश्रित बालबालिका, बिज्याइँ गरी कैद वा थुनामा परेका बालबालिका र कैद मुक्त बन्दीहरूको संख्यात्मक विवरण नियमित रूपले विभागमा पठाउन ती संस्थाहरूलाई आग्रह गर्ने
  • आवश्यकता अनुसार मातहतका निकायहरूलाई क्रियाशील गराई उपलब्ध साधन र स्रोत अनुरूप बन्दीको समस्या तथा मागको समाधान गर्न प्रयत्न गर्ने
  • ठेकिएको कैद भुक्तान भएका बन्दीहरूलाई छुटकारा दिनको निम्ति कारागार कार्यालयहरूलाई निर्देशन वा स्वीकृत गर्ने
  • कारागारहरूको भौतिक अवस्थाको सुदृढीकरण गर्न र बन्दीहरूको व्यक्तित्व विकास, सीप  विकास, आचार सुधार र पुनस्र्थापना एवं कारागार व्यवस्थापनको आधुनिकीकरणको निम्ति परियोजना, योजना तथा कार्यक्रमको प्रस्ताव तयार गरी स्वीकृति एवं बजेट निकासाको निम्ति मन्त्रालयमा पठाउने र स्वीकृत परियोजना, योजना तथा कार्यक्रमहरूको तोकिएको कार्यविधि अनुसार कार्यान्वयन गर्ने गराउने तथा नेपाल सरकारको नीति निर्देशन र उपलब्ध साधन र स्रोतको परिचालन गरी सो सम्बन्धी कार्य गर्न गराउनको निम्ति कारागार कार्यालयहरूलाई निर्देशन दिने
  • विद्यमान ऐन, नियम र नीति निर्देशन अन्तर्गत रही मातहतका कारागार कार्यालयहरूलाई  निर्देशन दिने
  • बन्दीको आश्रित बालबालिका तथा बिज्याइँ गरी कैद वा थुनामा परेका बालबालिका (बाल अपराधी) को एवं कैद मुक्त बन्दीहरूको सुधार, संरक्षण र पुनस्र्थापनाको कार्यमा संलग्न सुधार गृह र संस्थाहरूसित समन्वय गरी आवश्यकता अनुसार ती संस्था वा सुधार गृहहरूसित सम्झौता गरी त्यस्ता बालबालिका, बाल अपराधी र कैद मुक्त बन्दीहरूको हितको निम्ति कार्यक्रम संचालन गर्ने गराउने
  • कारागार कार्यालयहरूमा अनियमित र अनुपयुक्त काम भएको भनी विभागमा उजुरी वा गुनासाहरू आएमा त्यस्ता उजुरी र गुनासाको सत्य तथ्यको छानबीन एवं पहिचान गरी आवश्यकता अनुसार कारवाही गर्ने वा सोको निम्ति सम्बन्धित निकायमा लेखी पठाउने ।
  • कारागार सूचना प्रणाली(PMIS)मा आधारित कैदी वन्दीहरुको केन्द्रिय अभिलेख राख्ने
  • संगठन संरचना र दरवन्दी

           -विभागको दरवन्दी

           -दरवन्दी चार्ट(नेपालभित्र रहेका कारागारहरुमा कार्यरत कर्मचारी)

Recent Activities

12 Dec
2021

विदेशी कैदी/वन्दीको संख्या

Read More
12 Dec
2021

जेलरहरुको विवरण

Read More
12 Dec
2021

नेपालका कारागारहरुको क्षमता

Read More
12 Dec
2021

कैदी/वन्दी मास्केवारी वैशाख 2072

Read More
12 Dec
2021

निरिक्षण फारम

Read More
12 Dec
2021

माफी मिनाहा परिपत्र 2072-2-1

Read More