Director

निर्देशकले महानिर्देशक अन्तर्गत रही सम्पादन गर्ने कार्यहरु निम्न प्रकारका छन्ः

  • विभागका विभिन्न शाखाहरुको कामको सुपरिवेक्षण गर्ने र समन्वय गर्ने
  •  विभिन्न कारागार कार्यालयवाट कैदीवन्दीको स्थानान्तरणका लागी लेखि आएमा उपयुक्तताका आधारमा कैदिवन्दीको स्थानान्तरणको निर्णय गर्ने ।

  • सम्वन्धित कारागार कार्यालय मार्फत प्राप्त शत् प्रतिशत कैद भुक्तान सम्वन्धमा सिफारिश भइ आएकोमा सो सम्वन्धमा निर्णय पेश गर्ने ।

  • कारागारका विविध समस्या र कैदी।वन्दीहरुको मागहरुको अध्ययन गरी यथासम्भव आवश्यक समाधान गर्ने ।

  • कारागार सुधार सम्वन्धमा विभिन्न समयमा गठित सरकार (म.प) वाट गर्नु पर्ने सिफारिस र सुझावका आधारमा सूचीकृत गरी पेश गर्ने । साथै आगामि दिनमा  वन्ने सुझाव समितिका प्रतिवेदनहरुलाई पनि सुरक्षित गर्ने ।

  • सम्वन्धित कारागार कार्यालयवाट प्राप्त शतप्रतिशत,माफी मिनाहा सम्वन्धी सिफारिसको आधारमा छानवीन गरी पेश गर्ने

  • कैदीवन्दी र आश्रितहरुको अभिलेक अद्धयावधिक गर्न लगाई सम्वन्धित निकायमा पठाउने व्यवस्था गर्ने ।

  • जिल्ला सुरक्षा समितिले कारागारहरुको निरीक्षण गरी पठाएको प्रतिवेदन अध्ययन गरी गर्नुपर्ने सुधार र वजेट विनियोजन सम्वन्धमा महानिर्देशक समक्ष राय पेश गर्ने ।

  • विभागको कार्य क्षेत्र सित सम्वन्धित विषय सम्वन्धी नीति नियम निर्देशन तथा अध्ययन अनुसन्धान प्रतिवेदनहरुको अभिलेख अध्यावधिक वनाई राख्ने वा राख्न  लगाउने र आवश्यकतानुसार कार्यान्वयन गर्ने गराउने वा सोका लागि पेश गर्ने ।

  • यस विभागमा कार्यरत रा.प.तृ र सो भन्दा तलको कर्मचारीहरुको विदा स्वीकृत गर्ने ।

  • Prison Management Information System (PMIS) नामक सफ्टवेयर तयार भएकोले वढी कैदी क्षमता भएका कारागारहरुमा प्राथमिकताका आधारमा तथ्याङ्क प्रविष्टि (Data Entry) को कामलाई तदारुकताकासाथ अघि वढाउने ।

  • विभिन्न कारागार कार्यालयमा संचालन हुने तालिम सम्वन्धी कार्यक्रम छनोट गरी निर्णयको लागि पेश गर्ने ।

  • विभागीय कामकाज गर्दा महानिर्देशकको रेखदेखमा रही निर्देशानुसार गर्ने ।

  • ICT सम्वन्धी कार्य गर्ने ।

Recent Activities

12 Dec
2021

विदेशी कैदी/वन्दीको संख्या

Read More
12 Dec
2021

जेलरहरुको विवरण

Read More
12 Dec
2021

नेपालका कारागारहरुको क्षमता

Read More
12 Dec
2021

कैदी/वन्दी मास्केवारी वैशाख 2072

Read More
12 Dec
2021

निरिक्षण फारम

Read More
12 Dec
2021

माफी मिनाहा परिपत्र 2072-2-1

Read More