कारागार व्यवस्थापन विभाग
नागरिक बडापत्र (Citizens Charter)
सेवा सुविधाको विवरण |
आवश्यक पर्ने कागजपत्रहरु प्रमाणहरु |
शुल्क/दस्तुर |
लाग्ने समय |
जिम्मेवार पदाधिकारी शाखा /फाँट |
गुनासो सुन्ने अधिकारी |
कैफियत |
---|---|---|---|---|---|---|
1. न्यायिक तथा अर्धन्यायिक निकायहरुको आदेशले कारागारहरुमा आउने थुनुवा, कैदी बन्दीहरुको अभिलेख राख्ने ।
|
थुनामा पठाउने निकायको स्पष्ट आदेश हुनुपर्ने । |
नि:शुल्क |
तुरुन्त |
कारागार प्रशासक (सम्बन्धित कारागार) |
प्र.जि.अ. |
|
2. i) बन्दीहरुको सिदा व्यवस्था । चामल 700 ग्राम र 80 रुपैयाँ । ii) नाबालकलाई - 7 महिनादेखि 1 वर्षका लागि 100 ग्राम र 50 रुपैयाँ । 1-3 वर्षका लागि 150 ग्रा. र 50 रुपैयाँ । 3-5 वर्षका लागि 200 ग्रा. र 50 रुपैयाँ । 5-7 वर्षका लागि 250 ग्रा. र 50 रुपैयाँ 7-12 वर्षका लागि 450 ग्रा र 50 रुपैयाँ । 12 वर्ष माथिका लागि 600 ग्रा. चामल र 50 रुपैयाँ । iii) दशैँ खर्च प्रतिवर्ष रु 300 । iv) सुत्केरी खर्च रु 2000 । |
बन्दीको अभिलेख |
नि:शुल्क |
|
कारागार प्रशासक (सम्वन्धित कारागार) |
प्र.जि.अ. |
|
3. बन्दीहरुका लागि लत्ता कपडा उपलब्ध गराउने । 7 वैशाख र कार्तिकमा गरी वर्षको 2 पटक लगाउने कपडा । 2 वर्षमा 1 पटक ओढ्ने ओछ्याउने कपडा पाउने। |
बन्दीको अभिलेख |
नि:शुल्क |
तोकिएको निर्दिष्ट समयमा वितरण हुने । |
कारागार प्रशासक (सम्वन्धित कारागार) |
प्र.जि.अ. |
|
4. बन्दीहरुलाई स्वास्थ्योपचार, मनोरञ्जन, शिक्षा, सदाचार,सिपविकास समेतका अवसर दिलाउने ।
|
बन्दीको अभिलेख |
नि:शुल्क |
स्वास्थ्योपचार तुरुन्तै र अन्य आवश्यकता अनुसार। |
कारागार प्रशासक (सम्वन्धित कारागार) |
विभाग |
|
5. बन्दीगृह लगायत भौतिक संरचनाको निर्माण, मर्मत संभारको प्रवन्ध ।
|
बन्दीगृह र भौतिक अवस्थाको स्पस्ट स्थितिका आधारमा |
आवश्यक्ता अनुसार |
नियमित रुपमा |
सम्वन्धित कारागार प्रशासन |
विभाग |
|
6. (क) बन्दीहरुको शतप्रतिशत कैद मुक्त भएको आदेश दिने ।
|
कारागार प्रशासकबाट प्रमाणित भै आएको छुट पाउने सिफारिस ।
|
नि:शुल्क |
7 दिन अगावै कारागार कार्यालयले विभागमा पठाउनुपर्ने । |
कारागार प्रशासक, प्र.जि.अ. |
गृह मन्त्रालय |
|
(ख) राष्ट्रिय पर्व तथा अन्य महत्वपूर्ण उत्सवहरुको उपलक्ष्यमा हुने कैद माफी मिनाहा तथा छुट । |
बन्दीहरुको अभिलेखको आधारमा असल चालचलन सहितको सम्वन्धित कारागार प्रशासक र प्र.जि.अ. को सिफारिस |
नि:शुल्क |
बन्दीहरुको अभिलेखको आधारमा असल चालचलन सहितको सम्वन्धित कारागार प्रशासक र प्र.जि.अ. को सिफारिस कारण सहित कारागार प्रशासक र प्र.जि.अ.को सिफारिस |
कारागार व्यवस्थापन विभाग |
गृह मन्त्रालय |
|
7. बन्दीहरुको सामूहिक माग, निवेदन आदि सम्बन्धित निकायमा पठाउने व्यवस्था गर्ने । |
कारण सहित कारागार प्रशासक र प्र.जि.अ.को सिफारिस |
नि:शुल्क |
कारागार प्रशासक र प्र.जि.अ. को सिफारिस |
निर्देशक |
महानिर्देशक |
|
8. बाल बिज्याईका एवं बन्दीका साथमा रहेका आश्रित हरुलाई क्रमशः बालसुधार गृहमा राख्न संस्थाहरुसँग सम्पर्क र समन्वय गरी आवश्यक व्यवस्था गर्ने । |
कारागार प्रशासक र र प्र.जि.अ. को सिफारिस |
नि:शुल्क |
कारागार नियमावली एवं नेपाल सरकारले तर्जुमा गरेको नीति निर्देशन अनुरुपको प्रक्रिया पुप्याउनुपर्ने । |
कारागार प्रशासक |
जिल्लामा प्र.जि.अ. र विभागमा महानिर्देशक |
|
9, बन्दीका आफन्त, मित्रहरु, कानून व्यवसायीहरु तथा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिसमेतलाई बन्दीहरुसँग भेटघाटको व्यवस्था मिलाउने । |
कारागार नियमावली एवं नेपाल सरकारले तर्जुमा गरेको नीति निर्देशन अनुरुपको प्रक्रिया पुप्याउनुपर्ने । |
नि:शुल्क |
सम्वन्धित व्यक्तिको निवेदन /कारण सहितको कारागार प्रशासक र प्र.जि.अ.को सिफारिस |
कारागार प्रशासक |
प्र.जि.अ. |
|
10. कारागारमा रहेका बन्दिहरुको स्थानान्तरण । |
सम्वन्धित व्यक्तिको निवेदन/कारण सहितको कारागार प्रशासक र प्र.जि.अ.को सिफारिस |
नि:शुल्क |
|
कारागार प्रशासक /प्र.जि.अ. |
महानिर्देशक |
|