विभागको काम, कर्तव्य र अधिकार
-
कारागार व्यवस्थापनसँग सम्बन्धित आवश्यक नीति तर्जुमा गरी मन्त्रालय समक्ष पेश गर्ने।
-
बन्दीको सेवा सुविधा लगायतका विषयमा आवश्यक मापदण्ड निर्धारण गर्ने।
-
कारागारलाई सुधार गृहको रुपमा विकास गरी बन्दीलाई मनोसामाजिक परामर्श सहित उत्पादनको कार्यमा लगाउन आवश्यक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने।
-
बन्दी स्थानास्तरणको लागि आधार तथा मापदण्ड निर्धारण गर्ने।
-
कारागारलाई लैङ्गिकमैत्री तथा अपाङ्गतामैत्री बनाउन आवश्यक संरचानात्मक एवं व्यवस्थापकीय कार्य गर्ने।
-
प्रचलित कानून बमोजिम कैद कट्टा सम्बन्धी कार्य गर्ने।
-
कारागारको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने।