नेपाल सरकार

गृह मन्त्रालय

कारागार व्यवस्थापन विभाग

कालिकास्थान ,काठमाडौं

  • अन्तरक्रिया गोष्ठी

नेपालमा कारागार (जेल) को इतिहास वि.स १९७१ बाट शुरु भएको हो । नेपालको पहिलो कारागार "सदरजेल" (हालको कारागार कार्यालय काठमाण्डौ - जगन्नाथदेवल) हो । २०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन २०१९ निर्माण भै उक्त ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली २०२० तर्जुमा भै लागू भयो ।  कारागार ऐन २०१९ खारेज भई हाल कारागार ऐन २०७९ लागू भएको  छ भने कारागार नियमावली २०२० को पन्ध्रौं संशोधन समेत लागू भई सकेको छ। कारागार  व्यवस्थापन तथा प्रशासन सम्बन्धी कार्यलाई प्रभावकारी एवं सवल बनाउन २०५० साल श्रावण १ गतेदेखि गृह मन्त्रालय अन्तर्गत केन्द्रिय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भै सञ्चालनमा आएको हो । नेपालको ७७ जिल्लाहरुमध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी ५ जिल्ला बाहेकका ७२ जिल्लामा ७४ कारागार कार्यालयहरु रहेका छन् । दाङ जिल्लामा घोराही र तुल्सीपुर गरी दुई ठाउँमा तथा काठमाण्डौं जिल्लामा जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) मा गरी दुई ठाउँमा रहेको छ । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था रहेको छ । कारागारमा कैद भुक्तान गरी रहेका कैदीबन्दीहरुको उपचारका लागि काठमाडौं जिल्लामा केन्द्रीय कारागार अस्पताल र ललितपुर जिल्लामा मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल  संचालनमा रहेका छन् । बाकेँको गनापुरमा खुल्ला कारागारको निर्माण कार्य भइरहेको साथै बाँके जिल्लाकै नौबस्तामा क्षेत्रिय कारागार निर्माण कार्य भैरहेको छ । कारागार व्यवस्थापन विभागले कारागार कार्यालयको तथा कैदीबन्दी व्यवस्थापनक थप पढ्नुहोस्

महानिर्देशक

श्री काशि राज दाहाल

महानिर्देशक

निर्देशक (प्रवक्ता), 9855047777

श्री कमल प्रसाद पाण्डे

निर्देशक (प्रवक्ता), 9855047777

सूचना अधिकारी (9851208129)

श्री गोकर्ण खनाल

सूचना अधिकारी (9851208129)