Home
विभिन्न अभियोगमा कारागार भित्र बन्दी जीवन विताई रहेका थुनुवा तथा कैदीहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप सुरक्षित र मानवोचित बाताबरण प्रदान गरी उनीहरुलाई सामाजिक एकीकरणको प्रक्रियामा लैजानु कारागार व्यवस्थापनको मुख्य उदेश्य रहेको छ । यो उदेश्य हासिल गर्नको लागि बन्दीको सुरक्षा, मानवअधिकार लगायत न्यूनतम मापदण्ड अनुसारका पूर्वाधारहरु तयार गरी कारागारलाई सुधारगृहको रुपमा संचालन गर्नेतर्फनिरन्तर प्रयास गरिएको छ । बन्दीहरुको लागि शीपमुलक तथा रोजगारी एवं अन्य क्रियाकलापहरु संचालन गरी जीवन प्रति सकारात्मक सोचको विकास गर्दै सभ्य, सुसंकृत र कानूनको सम्मान एवं पालना गर्ने नागरिकको रुपमा परिवर्तन गरी समाजमा पुनस्थापित गराउने तर्फकारागार व्यवस्थापन विभागका क्रियाकलापहरु केन्द्रित छन् ।कारागार प्रशासन, सुरक्षा निकाय, विभिन्न न्यायिक तथा अर्धन्यायिक निकाय समेतको संलग्नता रहने पूर्णरुपमा सहभागितामूलक व्यवस्थापन नै कारागार व्यवस्थापन हो । त्यसैगरी मानवअधिकारबादी संस्थाहरु, कारागार सुधार संग सम्वन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरु समेतको संलग्नता रहने कारागार व्यवस्थापन तथा सुधार कार्यमा यस्ता निकायहरु वीचको आपसी समन्वय, सहयोग र सहकार्य अपरिहार्य रहेको हुन्छ । वर्तमान परिप्रेक्षमा कारागार सम्वन्धी आएको नयां अवधारणा अनुसार कारागारलाई सुधारगृहको रुपमा संचालन गर्न कारागार व्यवस्थापन विभागको पहलमा यस क्षेत्रमा क्रियाशिल तथा सरोकारवाला सम्पूर्ण क्षेत्र,निकायहरु,व्यक्ति एवं संघसंस्थाहरुबाट कारागारको सुरक्षा/संवेदनशिलतालाई समेत ध्यानमा राखी सकारात्मक सहयोग हुनेछ भन्ने अपेक्षा विभागले राखेको छ ।
कारागार व्यवस्थापन विभाग
Next page: Introduction