कारागार व्यवस्थापन सूचना प्रणाली
Prison Management Information System (PMIS)
सूचना प्रणाली सञ्चालनसम्वन्धी सामान्य निर्देशन
(आन्तरिक प्रयोगकर्ताका लागि मात्र)
PMIS खोल्न तरिका
आफ्नो कम्प्युटरको Browser मा 202.45.146.226 राख्ने। त्यसपछि आउने लगइन स्क्रिनमा आँफुलाई प्रदान गरिएको Username र Password राखी Login गर्न सकिन्छ।
बन्दी
बन्दी मेनुमा बन्दी ड्यासबोर्ड, कार्यालयगत संख्या, मास्केवारी, बन्दी विवरण र नयाँ बन्दी विवरण राखीएको छ।
बन्दी ड्यासबोर्ड
बन्दी ड्यासबोर्डमा सम्बन्धित कार्यालयको मुद्दागत विवरण देखिन्छ।
नयाँ बन्दी विवरण
बन्दी मेनुमा रहेको नयाँ बन्दी विवरणमा क्लिक गरे पश्चात कैदीबन्दीको विवरण भर्न मिल्नेछ।
बन्दी विवरण
यस Submenu मा कारागार कार्यालयले PMIS मा प्रविष्ट गरेको कैदीबन्दीको विवरण हेर्न मिल्छ। जसमा रहेको View button मा Click गर्दा प्रविष्ट गरिएको पुरा विवरण हेर्न मिल्नेछ र केही विवरण थप/घट समेत गर्न सकिनेछ।
कार्यालयगत संख्या
यस Submenu मा सम्बन्धित कारागार कार्यालयमा रहेको कैदीबन्दीको संख्यात्मक विवरण देखिन्छ।
मास्केवारी संख्या
यस Submenu मा सम्बन्धित कारागार कार्यालयको मासिक विवरण हेर्न मिल्छ।
प्यारोल
प्यारोल मेनुमा प्यारोल थप, प्यारोल विवरण, प्यारोल अनुगमन मूल्याङ्कन फारम र प्यारोल मास्केवारी राखिएको छ।
प्यारोल थप
PMIS को प्यारोल मेनुमा रहेको प्यारोल थपमा क्लिक गर्ने र त्यसमा कार्यालयले प्यारोलमा सिफारिस गर्नको लागि विवरण भर्नु पर्नेछ।
प्यारोल विवरण
यसमा प्यारोल थपमा भरेको विवरण यस पेजमा देखिनेछ र सम्बन्धित कार्यालयले प्यारोल पेश गर्नुहोस भन्ने Button मा Click गर्नु पर्नेछ, त्यस पछि कारागार व्यवस्थापन विभागमा प्यारोलको लागि पेश हुनेछ।
प्यारोल बोर्डले स्वीकृत वा अस्वीकृत गरे पश्चात सम्बन्धित कार्यालयको प्यारोल विवरण ड्यासबोर्डमा प्यारोल पाए/नपाएको Button सहित देखिनेछ।
त्यस पछि प्यारोल पाए/नपाएको Button मा Click गरी माग अनुसारको विवरण सेभ गर्नुपर्नछ।
प्यारोल अनुगमन मूल्याङ्कन फारम
प्यारोल बोर्डबाट सिफारिस भई सुरू जिल्ला अदालतबाट प्यारोल राख्न आदेश भए पश्चात् अनुगमन मूल्याङ्कन फारम नियमित रूपमा भर्नु पर्नेछ।